सद्को अवरोध चाँडै हट्छ: उपाध्यक्ष पौडेल



भरतपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले संसदको अवरोध चााडै हट्ने बताएका छन्। नेकपा (एमाले) चितवनको ११औँ अधिवेशनको आज भरतपुरमा उद्घाटन गर्दै उनले नेपाली कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएकाले त्यसलाई पन्छाएर अगाडि बढ्ने उल्लेख गरे।

‘कांग्रेसको अवरोधलाई हटाएर भए पनि संसद् बन्धक हुन दिँदैनौँ’, उपाध्यक्ष पौडेलले भने। विसं २०८४ को चुनावसम्म यही गठबन्धन रहने उनले बताए। ‘कांग्रेससँग प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छैन’, उनले भने, ‘आगामी निर्वाचनमा हामी बहुमत ल्याउँछौँ।’ वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको उनले बताए।


एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले संसद अवरोधले बजेट ल्याउन समस्या हुने बताए। देश आर्थिक संकटमा रहेको बेला मिलेर बजेट ल्याउनुपर्ने उनको भनाइ थियो। ‘नाराबाजीका बीचबाट बजेट ल्याउनु पर्ने हुन सक्छ। अध्यादेशमार्फत भएर पनि बजेट ल्याउनुपर्ने हुनसक्छ। नत्र संवैधानिक संकट आउँछ।’