सत्ता पक्ष ‘सहकारीबन्धु’ गठबन्धनको रुपमा देखियो : महामन्त्री शर्मा



काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई ‘सहकारीबन्धु’ गठबन्धनको संज्ञा दिएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले एमाले सहकारीमा साथ दिने र रास्वपा गिरीबन्धुमा साथ दिने गरि ‘सहकारीबन्धु’ गठबन्धन बनेको टिप्पणी गरेका हुन्।


उनले भने, ‘केपी ओलीले केही दिनअगाडि कांग्रेसलाई अब बोल्न दिइने छैन। कांग्रेसले धेरै बकवास गर्यो भन्नु भएको थियो। यो सहकारीबन्धु गठबन्धनको शैली ठिक देखिएन, यहाँ सहकारी प्रकरणमा नेकपा एमालेले साथ दिने र गिरिबन्धु चिया बगानमा रास्वपाले साथ दिने। त्यसैले उहाँहरू सहकारीबन्धु गठबन्धनका रूपमा देखिनुभएको छ।’

उनले आजको बैठकमा सभामुखले प्रतिपक्षलाई बोल्न नदिएको आरोप समेत लगाए। उनले आज आफू बोल्ने सहमति भएको भएपनि सभामुखले बोल्न नदिएको बताए।