लैङ्गिक उत्तरदायी बजेटको हिस्सा ३१ प्रतिशतले वृद्धि



काठमाडौँ । सरकारको आर्थिक सर्वेक्षणको तथ्याङ्कले लैङ्गिक उत्तरदायी बजेटको हिस्सा ३१ दशमलव ३१ प्रतिशतले बढ्दै गएको देखाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज प्रतिनिधिसभाको बैठकमा सर्वेक्षण सार्वजनिक गर्दै २०८०/८१ मा सङ्घको लैङ्गिक उत्तरदायी बजेटको हिस्सा ४२ दशमलव ६१ प्रतिशत पुगेको उल्लेख गरे ।


आर्थिक वर्ष २०६४/६५ देखि सरकारले लैङ्गिक उत्तरदायी बजेट प्रणाली अवलम्बन गर्दै आएको छ । सुरुको आर्थिक वर्षमा लैङ्गिक उत्तरदायी बजेटको हिस्सा ११ दशमलव ३० प्रतिशत मात्रै रहेको थियो ।