रवि ओड पाँच लाख धरौटीमा रिहा



सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत कञ्चनपुरले बिहीबार उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए । अदालतको आदेशसँगै उनी धरौटी बुझाएर बिहीबार साँझ रिहा भएका छन् ।


कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए । ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले उजुरी दिएकी थिइन् ।