बालुवाटार बैठकपछि कांग्रेसले भन्यो- छलफल सकारात्मक ढंगले अगाडि बढेको छ



काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सकारात्मक बनेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले भने ‘समिति गठन गर्ने कुरा भइरहेको छ। व्यक्ति र सहकारीको नाम राख्ने भन्दा पनि उठेको बिषयलाई सम्बोधन गर्नुपर्छ’ ।


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

सहकारी प्रकरणको छानबिनका लागि बनाइने भनिएको संसदीय छानबिन समितिको टिओआर कार्यदलमा सहमति नजुटेपछि शीर्ष तहमा सहमति खोज्ने प्रयास भएको हो । बैठकमा कांग्रेसको प्रस्तावसहित सत्तापक्षले राख्ने प्रस्तावमा छलफल हुने नेताहरूले बताएका छन् ।

बैठकबाट कांग्रेसका नेताहरू बाहिरिएका छन्। कांग्रेसका नेताहरू बाहिरिए पनि सत्तापक्षका शीर्ष नेताहरू अहिले पनि छलफलमै छन्।