काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन पदाधिकारीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी हुनेहरुको नाम गोप्य राखिएको छ ।
०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधीग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बालमन्दिरका नाममा करिब १२० रोपनी जग्गा राखेको थियो । सोही जग्गा दुरुपयोग गरिएको खुलेको छ ।