प्रचण्ड–ओलीबिच सिंहदरबारमा छलफल



काठमाडौं । एमाले संसदीय दलको बैठकपछि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन् । 

बुधबार बिहान पनि ओली र सभामुखले छलफल गरेका थिए । उनी संसदीय दलको बैठकलाई सम्बोधन गरेर प्रधानमन्त्रीकहाँ गएको एमाले नेताहरूको भनाइ छ । 


नेपाली कांग्रेसले संसद्‌मा निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणबारे संसदीय छानबिन  समिति बनाउन माग गरिरहेको छ । 

संसद् अवरोध खोल्न सत्ता पक्षका नेता ओली र प्रधानमन्त्री प्रचण्डले निरन्तर पहल गरिरहेका छन् । 

आज पनि संसद् खोल्नेबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।