काठमाडौँ । कृषि उपजको निर्यात प्रवर्द्धन गर्न देशका मुख्य सहरको विमानस्थलमा शीत भण्डार स्थापना हुने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषणमा कृषि उपजको निर्यातको लागि देशका प्रमुख विमानस्थलमा शीत भण्डार स्थापना हुने बताएका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि आगामी आर्थिक वर्षका लागि ५७ अर्ब २९ करोड बजेट विनियोजन भएको छ ।