द्रुतमार्गलाई २२ अर्ब ५४ करोड बजेट



काठमाडौँ । काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन महादेवता, धोद्रे र लेदडाडाँ सुरुङमार्ग आगामी वर्ष सम्पन्न गर्ने सरकारले  घोषणा गरेको छ ।

आयोजना अन्तर्गत आगामी वर्ष ५७ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य समेत सरकारको छ ।


द्रुतमार्गका लागि सरकारले  २२ अर्ब ५४ करोड विनियोजन गरेको छ ।