तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलामा १८६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भएको थियो ।