ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीकाे मृत्यु



कृष्णनगर (कपिलवस्तु) । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी यशोधरा–२ गणेशपुरका ३२ वर्षीय हरिसचन्द्र मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सोमबार हावाहुरीसँगै आएको पानीले गर्दा रङ्पुरमा रहेको ट्रान्सफर्मर बिग्रिँदा विद्युत् अवरुद्ध बनेको थियो । सोही ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर मिश्रको मृत्यु भएको विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले जनाएको छ ।