टीओआरलाई अन्तिम रूप दिन सिंहदरबारमा कार्यदल बैठक, ७ सदस्यीय समिति बनाउने सहमति



काठमाडौं । सहकारी ठगी प्रकरण छानविनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) बारे सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ । सत्तापक्ष र प्रतिपक्षबीच टीओआरमा भएको सहमतिसँगै संसद् अवरोध अन्त्य भएको छ ।

सहकारी ठगी प्रकरणमा छानविन समितिको माग गर्दै नेपाली कांग्रेसले लामो समयदेखि संसद् अवरोध गर्दै आएको थियो । संसदीय समितिको टीओआरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडानबाट कांग्रेस ब्याक भएसँगै सहमति जुटेको हो ।


संसदीय छानविन समिति ७ सदस्यी बन्ने भएको छ । उक्त समितिमा कांग्रेसबाट २ जना, एमालेबाट २ जना, माओवादी, राप्रपा र रास्वपाबाट १/१ जना सहभागी हुने भएका छन् । कांग्रेसले संसदीय समितिमा रहने सदस्यको नाम आज दिउँसो ३ बजेसम्म दिइसक्ने बताएको छ ।