छानबिन समितिको कार्यादेश टुंगो लगाउने जिम्मा शीर्ष नेताहरूलाई



काठमाडाैँ । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउने जिम्मा कार्यदलले शीर्ष नेताहरूलाई दिएको छ ।

सिंहदरबारस्थित् कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकले सहमति गर्न नसकेपछि शीर्ष नेताहरूलाई जिम्मा दिएको हो । अब बालुवाटारमा छलफल हुने भएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बसेर समितिको कार्यादेशलाई अन्तिम रूप दिने जीवन परियारले जानकारी दिए ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन्।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन्।