विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधीवक्तामा नारायणप्रसाद वस्ती नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले वस्तीलाई नियुक्त गरेका हुन् ।
वस्तीको नियुक्ति र शपथग्रहण कार्यक्रम आजै राखिएको छ ।
वस्ती नेकपा एमाले निकट कानून व्यवसायीहरूको सङ्गठन प्रगतिशील तथा व्यवसायीक कानून व्यवसायी सङ्गठनका कोशी संयोजक तथा केन्द्रीय उपमहासचिव हुन् ।