काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार साँझ हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीका अनुसार खराब मौसमका कारण आधा घण्टादेखि उडान हुन नसकेको हो । काठमाडौँमा बिहीबार चट्याङसहित हावाहुरी चलेको छ ।
चट्याङसहित हावाहुरी चलेपछि काठमाडौँ आइरहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन् ।