एमालेको महिला भेलामा दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’



काठमाडाैँ । नेकपा (एमाले)को राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती महिलाहरूको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो । 

महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको  ‘एचपीभी डीएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको जानकारी दिइन् । उनले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र  प्राप्त हुने जानकारी दिइन् ।


‘हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ,’ उनले भनिन् । समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिइन् ।