एमालेको अडान र कांग्रेसको चेतावनीपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने अवस्था नभएपछि प्रदेशसभाको बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रायोजनका लागि शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको हो ।

एमाले विश्वासको मतको लागि हतारोमा बैठक आह्वान गरिएकोले तत्काल मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन नसक्ने अडानमा बसेको छ । एमालेले विश्वासको मत नदिएको अवस्थामा बहुमत नपुग्ने भएपछि विश्वासको मतको लागि शुक्रबार आह्वान गरिएको बैठक स्थगित गरिएको हो ।


एमालेको अडानसँगै सोडारीको नियुक्ति विरुद्ध सर्वोच्चमा मुद्दा परेको छ । उक्त मुद्दा किनारा नलागेसम्म सोडारीले विश्वासको मत लिन नहुने कांग्रेसले बताउँदै आएको छ । मुख्यमन्त्री पेलेर जान खाजेमा आफूहरु प्रतिवादमा उत्रिने कांग्रेसको चेतावनीपछि बैठक सार्न सोडारी तयार भएका हुन् ।