अमेरिकाद्वारा सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएका लामिछाने अमेरिकामा अर्को महिना हुने टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन् जाने प्रक्रियामा थिए ।


तर, उनलाई अमेरिकाले भीसा दिन अस्वीकार गरेको उनीआफैले उल्लेख गरेका छन् ।