अदालतबाट दोषी ठहर भएकालाई उन्मुक्ति दिने प्रवृत्ति बढेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनलको चिन्ता



काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेपालमा आपराधिक मामिलाहरु, राजनीतिक स्वार्थ र लेनदेनका आधारमा दबाउने कार्य भएको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गरी ट्रान्सपरेन्सीले यस्ता व्यक्तिका मुद्दा लेनदेनमा मिलाउने, छानबिन नै गर्न नदिने प्रचलन बढेको भन्दै आपत्ति जनाएको हो । ट्रान्सपरेन्सीले बदलाको भावनाले कुनै पनि नागरिकविरुद्ध राज्यशक्तिको दुरुपयोग गर्नु अनुचित भएको बताएको छ ।