![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
मध्य मालीमा संदिग्ध जिहादीहरूले कम्तीमा १८ सर्वसाधारणको हत्या गरेको स्थानीयवासी, प्रहरी स्रोत र क्षेत्रीय अधिकारीले आइतबार बताएका छन् । हिंसाबाट प्रभावित यस क्षेत्रमा यो पछिल्लो आक्रमण हो ।
“जिहादीहरूले डायलासागौदेखि तीन किलोमिटर टाढाका ग्रामीणहरूमाथि गोली हानेका छन्, १८ जनाको मृत्यु भएको छ र २१ जना घाइते भएका छन्,”, गाउँका तीन बासिन्दाले भने ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
प्रहरीको स्रोत र एक क्षेत्रीय अधिकारीले आक्रमणको पुष्टि गरेका छन् तर उनीहरूले मृतकको सङ्ख्या १९ भएको बताएका छन् । उनीहरूले आक्रमणका लागि ‘आतङ्कवादी’ र ‘हतियारधारी’ हरू जिम्मेबार भएको बताएका छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)