स्वास्थ्य मन्त्रालयले पायो ८६ अर्ब २४ करोड बजेट



काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ ।

आज अर्थमन्त्री वर्षमान पुनले बैठकमा आगामी आर्थिक वर्षको बजेट मार्फत सो रकम विनियोजन गरेका हुन् ।