सीएलएमटीभी देशहरूमा आप्रवासी कामदारहरूलाई राम्रो सुरक्षा प्रदान



लाओस, म्यानमा, थाइल्यान्ड र भियतनाम (सीएलएमटीभी) का वरिष्ठ अधिकारीहरूले आप्रवासी कामदारहरूको अधिकारलाई अझ राम्रोसँग सुरक्षित गर्ने तरिकाहरूबारे छलफल गरेका छन् ।

आइतबार लाओसको श्रम र समाजकल्याण मन्त्रालयको रिपोर्टअनुसार लाओसले आप्रवासी कामदारहरूका लागि राम्रो सुरक्षा र सुविधाहरू प्रदान गर्ने तरिकाहरूबारे छलफल गर्न सीएलएमटीभी देशहरूमा आप्रवासी कामदारहरूका लागि सामाजिक सुरक्षा लाभहरूको पोर्टेबिलिटीमा सातौँ वरिष्ठ श्रम अधिकारीहरूको बैठकको आयोजना ग¥यो ।


उक्त बैठकमा मन्त्रालयको श्रम व्यवस्थापन विभागका उपमहानिर्देशक ओडोन मनिबोनले भने, “आप्रवासी कामदारहरूले पठाउने र प्राप्त गर्ने दुवै देशहरूमा अभिन्न भूमिका खेल्छन् ।” बैठकमा सहभागीहरूले आप्रवासी कामदारहरूको अधिकारलाई अझ राम्रोसँग सुरक्षित गर्ने उपायहरूबारे छलफल गरेका थिए ।