सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति दिइएकाे छ । 

जिल्ला अदालत धनुषाले जमानतमा रिहा गर्न अस्वीकार गर्दै थप ३ दिन थुनामा राख्ने आदेश गरेको हो ।


अदालतले पहिलो पटक र दोस्रो पटक ३/३ दिनको म्याद अनुसन्धानका लागि प्रहरीलाई दिएको थियो ।