काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गरिएको प्रतिक्रिया दिएका छन् । मूल मुद्दा विषयान्तर गर्न आफूलाई सामान्य सोधपुछसमेत नगरी पक्राउपूर्जी जारी गरिएको उनको टिप्पणी छ ।
‘कानूनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रुपमा तयार म छु । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ ।’
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा मंगलबार पक्राउपुर्जी जारी भएको छ ।
उनलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतको अनुमतिमा पक्राउ पुर्जी जारी गरिएको हाे ।