काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरुसँगको छलफल डाकेका छन् । बिहान साढे १० बजेका लागि सचेतकहरुको छलफल डाकेको सभामुखको सचवालयले जनाएको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार बिहान साढे १० बजे सभामुख घिमिरेले संसद् बैठक चलाउनेबारे राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।
सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।
आइतबार बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । यसअघि सहमतिको प्रयासका लागि सभामुख घिमिरेले प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।
साथै, संसदीय समिति गठन गर्न सत्ता र प्रतिपक्षी दल सहमत भएका छन् । तर, समितिको कार्यादेशबारे सहमति जुटाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिको बैठक बसिरहेको छ ।