ललितपुर आगलागी : ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो



काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा भएको आगलागीमा परी घाईते भएका पुरुषको पनि मृत्यु भएको छ । वैशाख २३ गते किष्ट अस्पताल नजिकैको टहरामा भएको आगलागीमा दुई छोरी र श्रीमती गुमाएका सञ्जय गिरीको उपचारको क्रममा मृत्यु भएको हो । उनकी श्रीमती ३२ वर्षीया रुपा गिरीको उपचारको क्रममा वैशाख ३१ गते मृत्यु भएको थियो ।

मोबिल स्टोरमा भएको आगलागीमा रौतहटको राजदेवी नगरपालिका–४ घर भई किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए । आगलागीको भोलिपल्ट सञ्जयका छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको थियो । आगलागीमा परी घाइते भएका सञ्जयको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो। उनीहरुका भतिज १५ वर्षीय नित गिरीको ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचार जारी छ ।