यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ ।


आज बेलायती पाउन्ड एकको खरिद दर १६६ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ७० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।