मंगलबार दिउँसो १ बजे बजेट भाषण



काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् । 


उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्न सांसदहरूलाई अनुरोध गरेका छन् । 

बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।