‘बुद्धस्थलको विकास गर्न पञ्चवर्षीय परियोजना’



नवलपरासी। लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारीमन्त्री खड्ग बस्नेतले बुद्धका स्थललाई विकास गर्नका लागि पञ्चवर्षीय परियोजना विस्तार गर्ने बताएका छन्।

रामग्राम नगरपालिकाले २,५६८औँ बुद्धजयन्तीको अवसरमा रामग्राम स्तूपमा गरेको कार्यक्रममा उनले बुद्धसँग जोडिएको सबै स्थललाई विकास गर्नका लागि लुम्बिनी प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएको जानकारी दिए। उनले भने, ‘संघीय सरकार, लुम्बिनी विकास कोष र स्थानीय सरकारसँगको पहल र सहकार्यमा लुम्बिनी प्रदेश सरकारले रामग्राम स्तूप लगायतका बुद्धस्थलहरु लाई विकास गर्न पञ्चवर्षीय परियोजना सञ्चालन गर्दैछ।’


रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले रामग्राम स्तूप विकासको अभावमा ओझेलमा परेको बताए। नगरपालिकाले बुद्धजयन्तीको अवसरमा खेल सप्ताह पनि मनाएको छ। क्रिकेट, फुटबल, भलिबल, कबड्डीलगायत विभिन्न खेल गर्दै नगरपालिकाले खेल र युवामार्फत बुद्धस्थलको प्रचारप्रसार हुने बताइएको छ।