पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले देशभर ‘चाइल्ड स्टन्टिङ’ विरुद्ध लड्न पहल सुरु गरेकोे प्रधानमन्त्री कार्यालयले जनाएको छ । बालबालिकाको सुरक्षित आहार र आवश्यक स्याहारसुसारको अभावमा उनीहरूकोे उमेर अनुसार शारिरिक तथा मानसिक विकाशमा आउने समस्या पाकिस्तानका लागि स्वास्थ्य चुनौतीको बिषय हो ।
प्रधानमन्त्री सरिफले बालबालिकाको उत्कृष्ट वृद्धि र विकास पाकिस्तानको उज्ज्वल भविष्यका लागि महत्वपूर्ण रहेको बताउँदै ‘स्टन्टिङ’ ले उनीहरूको स्वभाविक विकासलाई प्रभावित पार्ने र यसलाई रोक्न राष्ट्रव्यापी सचेतना अभियान आवश्यक रहेको बताए । उक्त बैठकमा आधारभूत स्वास्थ्य सुविधा र अति आवश्यक पौष्टिक तत्वको अभावका साथै दूषित पानीको प्रयोगका कारण पाकिस्तानमा ठूलो सङ्ख्यामा बालबालिकाको बृद्धि ठप्प हुने जोखिममा रहेको जानकारी दिएका थिए । स
रिफले यी समस्याहरूलाई सम्बोधन गर्नका लागि तुरुन्तै बृहत् राष्ट्रिय योजना प्रस्तुत गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए । गत वर्षको विश्व बैङ्कको प्रतिवेदन अनुसार पाकिस्तानका पाँच वर्ष मुनिका ४० प्रतिशतभन्दा बढी बालबालिकामा स्वभाविक शारिकि तथा मानसिक विकास नभएको पाइन्छ । दक्षिण एसियाली मुलुकमा यो समस्या औसत ३१ प्रतिशत बालबालिकामा रहेको छ ।
स्टन्टिङ मस्तिष्कको विकास र शारीरिक वृद्धिसँग सबैभन्दा नजिकको सम्बन्ध हो । यसले बालबालिकामा दीर्घकालीन मानसिक र शारीरिक प्रभाव पार्न सक्छ, जसले गर्दा उनीहरूलाई पूर्ण जीवन जिउने क्षमताबाट वञ्चित गर्न सक्ने विश्व बैङ्कले हालै सार्वजनिक एक प्रतिवेदनमा उल्लेख गरेको छ ।