विराटनगर। कोशी प्रदेशका नवनियुक्त ५ मन्त्री तथा २ राज्यमन्त्रीले शपथ लिएका छन्। शुक्रबार नियुक्त भएका मन्त्रीहरुले शपथ ग्रहण गरेका हुन्।
मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन्।
एमालेका राम रानालाई आर्थिक मामिला तथा योजना, पञ्चकर्ण राईलाई सामाजिक विकास, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला र एकराज कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तथा सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
त्यस्तै माओवादीका गणेश उप्रेतीलाई भौतिक पूर्वाधार विकास, नारायण बहादुर मगरलाई पर्यटन र राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बन्दना झाँगरलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।