![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले अन्तर-कोरियाली सीमामा निगरानी गतिविधि बढाएको आरोप लगाएको छ ।
यससँगै उत्तर कोरियाले देशको सार्वभौमसत्ता र सुरक्षाको उल्लङ्घन भएको खण्डमा पक्कै पनि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
उत्तर कोरियाका रक्षामन्त्री किम ग्याङ इलले अमेरिका र दक्षिण कोरियाको कठपुतली वायु सेनाले दिनभर निकै छोटो अन्तरालमा हवाई जासुसी गतिविधि गरिरहेको बताए ।
किमले देशको सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पर्दा तत्काल कारबाही गर्ने बताए । उनीहरूले दक्षिण कोरियाको नौसेना र तट रक्षकलाई समुद्री सीमा उल्लंघन गरेको र सैन्य तनाव बढाएको आरोप पनि लगाएका छन् ।
उत्तर कोरियाले मे १३ देखि २४ को बीचमा, अमेरिकाले कोरियाली प्रायद्वीपमा १६ आरसी-१३५ र यू-२५ जासुस विमानहरू र आरक्यु-४बी ड्रोनहरू उडाएको दाबी गरेको छ ।
यससँगै उनले दक्षिण कोरियाबाट बेलुनमा पठाइएका पर्चालाई खतरनाक र उत्तेजक कार्य भएको भन्दै आलोचना गरेका छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)