रञ्जिताले गरिन् बागमती र गण्डकीका अध्यक्ष निष्कासन



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले बागमती र गण्डकी प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासित गरेका छन् ।

रञ्जिताले संस्थापक नेता रेशमलाल चौधरी निकट रहेका बागमतीका अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र लाई गण्डकीका अध्यक्ष राजन गुरुङलाई पार्टीबाट निस्कासन गरिएको जानकारी दिएका हुन् ।


सोमबार काठमाडौंको अनामनगरमा बसेको नाउपा केन्द्रीय कमिटीको बैठकमा रेशम समूहले रञ्जिता पक्षका दुईजना नेतामाथि कुटपिट गरेका थिए । सो कुटपिटमा गुरुङ र तामाङको संलग्नता रहेको भन्दै अध्यक्ष श्रेष्ठले उनीहरुलाई पार्टीबाट निस्कासन गरेका हुन् ।

हाल नाउपामा रेशम र उनकी पत्नीसमेत रहेकी रञ्जिताबीच विवाद बढ्दो छ । रञ्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् । सोही विषयमा श्रीमान श्रीमतीबीच सहमति हुन नसक्दा नाउपा फुटको संघारमा पुगेको छ ।