युक्रेनी विस्फोटक पदार्थ जफत गरेको रूसको दावी



रूसको सङ्घीय सुरक्षा बल (एफएसबी) ले मङ्गलबार युक्रेनबाट पठाइएको र युरोपेली सङ्घ (इयु) हुँदै मूर्तिहरूमा लुकाएर ल्याइएको भारी मात्राको विस्फोटक पदार्थ जफत गरेको बताएको छ । लाटभियन सीमा नजिकैको उत्तरपश्चिमी पेस्कोभ क्षेत्रमा सामानको जाँचपछि उक्त विस्पोटक पदार्थ जफत गरिएको एफएसबीले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

एफएसबीका अनुसार ‘युरोपेली सङ्घ हुँदै युक्रेनबाट विस्फोटक पदार्थको सीमापार यातायात मार्ग भएको भन्दै कार्गो रोमानिया, हङ्गेरी, स्लोभाकिया, पोल्याण्ड, लिथुआनिया र लाटविया हुँदै गएको’ थियो ।” जफत गरिएको विस्पोटक पदार्थमध्ये कार्गोमा ७० किलो घरेलु विस्फोटक र विस्फोटक उपकरणहरू ‘मूर्ति’मा लुकेको र प्रयोगका लागि तयारी अवस्थामा थिए ।


यस कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको जनाउँदै विदेशीहरू सहित सबै संलग्नहरूलाई पत्ता लगाई रूसमा कानुनी कार्यवाही गरिने स्रोतले जनाएको छ ।