मरासिनी अर्थसचिवमा सरुवा



काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले मधुकुमार मरासिनीलाई अर्थसचिवमा सरुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हाे ।


पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा परेका थिए । तर अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।