काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालू अधिवेशन आगामी वैशाख २ गतेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
‘संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्नका निम्ति राष्ट्रपतिज्यूलाई सिफारिस गर्ने भन्ने निर्णय भएको छ,’– मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।