एकडारा गाउँपालिकाकी उपाध्यक्ष खातुनसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा



काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुनसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खातुनसहित गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय कुमार मंडलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको अख्तियारको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


एकडारा गाउँपालिका वडा नं। १ अन्तर्गतका स-साना सडक ढलान गर्नको लागि विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको भन्‍ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आरोप पुष्टि भएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको घिमिरेले जानकारी दिए ।

उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को ख, ग र ङ बमोजिमको कसुर भएकोले आठ लाख ६५ एक सय पैंतालीस रुपैयाँ विगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम कैद र बिगो बमोजिम जरिबाना माग गरेर मुद्दा दायर भएको हो ।