इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले अरब संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुकको नेताका रूपमा आफ्नो तेस्रो कार्यकालका लागि सपथ लिएका छन् ।
पछिल्लो एक दशकदेखि सत्तामा रहेका ६९ वर्षीय पूर्वसेना प्रमुख सिसी अब सन् २०३० सम्म मुलुकको प्रमुख बन्नुहुने निश्चित भएको छ ।
उनले मुलुकको दुवै सिमानामा रहेका गाजा र सुडानमा भइरहेको युद्धका बीच बढ्दो तनावका बेला गम्भीर आर्थिक मन्दीसँग जुध्न अर्बौं नयाँ ऋण र लगानीका साथ कार्यकाल सुरु गरेका छन् । संसदमा उनले आफ्नो कामप्रति बफादार रहने वाचा गरेका छन् ।
इजिप्टले गहिरो आर्थिक सङ्कट र उच्च मुद्रास्फीतिसँग लडिरहेको बेला उनले ‘आधुनिक, लोकतान्त्रिक राज्य बनाउनका लागि इजिप्टको आकांक्षाहरूलाई साकार बनाउने’ प्रतिज्ञा गरेका छन् ।
विपक्षी प्रतिद्वन्द्वीहरूलाई पाखा लगाएर वा कारागारमा पठाएपछि सिसीले डिसेम्बरमा तीन अज्ञात आफन्तविरुद्ध ८९ प्रतिशतभन्दा धेरै मतका साथ निर्वाचन जितेका थिए ।