सुनसरीका दुई गाउँपालिकामा निषेधादेश जारी



सुनसरी । शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरीका दुईवटा गाउँपालिकामा निषेधादेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले दुई समुदायबीच तनावको अवस्था उत्पन्न भएपछि सुनसरीको हरिनगर गाउँपालिका सबै वडा र देवानगन्ज गाउँपालिका वडा नं. १ र ७ मा अनिश्चितकालीन निषेधादेश जारी गरेको हो ।

केही दिनयता ती दुई गाउँपालिकामा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने गरी दुई धार्मिक समुदायबीच हिंसात्मक झडपसमेत हुन थालेपछि सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले शुक्रबार मध्यान्ह १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मलाई निषेधाज्ञा जारी गरेका हुन् ।