श्रीलङ्काद्वारा ब्रिक्समा सामेल हुने आशा व्यक्त



रुसका लागि श्रीलङ्काका राजदूत जनिता अबेविक्रमा लियानागेले निकट भविष्यमा ब्रिक्समा सामेल हुने आशा राखेको बताएकी छन् ।

रुसको सेन्ट पिटर्सबर्गमा सुरक्षा मामिलाका लागि जिम्मेवार उच्च प्रतिनिधिहरूको भर्खरै भएको अन्तर्राष्ट्रिय बैठकमा श्रीलङ्काको सहभागितापछि उनले उक्त टिप्पणी गरेकी हुन् ।


राजदूत लियानागेले श्रीलङ्काले ब्रिक्समा सामेल भएर यातायात र खाद्य सुरक्षामा धेरै फाइदा लिन सक्ने बताइन् ।

ब्रिक्स एउटा उदीयमान बजार सहकारी संयन्त्रको संक्षिप्त रूप हो । यसमा प्रारम्भमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश थिए ।

जनवरी १ मा साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, इरान र इथियोपिया ब्रिक्समा सामेल भएपछि हाल यसको सदस्य सङ्ख्या पाँचबाट बढेर १० पुगेको छ ।