विष्णुदेवीलाई राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार बनाउने कांग्रेसको निर्णय



काठमाडौं । कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । आज संसद भवनस्थित ल्होत्से भवनमा बसेको संसदीय दलको बैठकले विष्णुदेवीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

माघमा भएको राष्ट्रियसभा निर्वाचनमा पुडासैनी निर्वाचित भएकी थिइन् । महिला क्लस्टरका सात जनामध्ये वाग्मती प्रदेशबाट पुडासैनी निर्वाचित भएकी हुन् ।


करिब पाँच दशक सक्रिय राजनीतिमा बिताएकी पुडासैनी ७३ वर्षीया सांसद हुन् । २०३३ सालमा पद्मकन्या क्याम्पसमा पढ्दादेखि नै उनी राजनीतिमा सक्रिय भएकी थिइन् ।