राष्ट्रिय सभा उपाध्यक्षद्धारा एमालेको सबै जिम्मेवारीबाट अलग भएको घोषणा



काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले एमालेको पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।

गत चैत २८ गते उपाध्यक्षमा निर्वाचित भएकी घिमिरेले आज एक सूचना जारी गर्दै उपाध्यक्षको पदमा रहँदासम्म पार्टीको सबै जिम्मेवारीबाट अलग हुने घोषणा गरेकी हुन् ।


‘राष्ट्रिय सभामा उपाध्यक्षको जिम्मेवारी ग्रहण गरेपछि सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै म पार्टीका सबै जिम्मेवारीबाट अलग भएको ब्यहोरा जानकारी गराउन चाहन्छु,’ उनभनेकी छन्, ‘म राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानुनहरू र राष्ट्रिय सभा नियमावलीले निर्देशित कार्यहरू तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिज्ञा आम सञ्चारमार्फत सबैमा जानकारी गराउन चाहन्छु ।’