काठमाडौं । आज २०८० साल चैत २३ गते शुक्रबार सन् २०२४ अप्रिल ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर १३३ रुपैयाँ ८१ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ६७ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६४ पैसा र बिक्री दर १६९ रुपैयाँ ४० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।