मदन भण्डारीलाई सम्झिएर भावुक बनिन् पूर्व राष्ट्रपति भण्डारी



काठमाडौं । नेकपाको ७५औं स्थापना दिवसको अवसरमार सत्तारुढ दल नेकपा एमालेले धुमधामसँग कार्यक्रम गरिरहेको छ ।

एमालेले ७५औं स्थापना दिवसको अवसरमार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित हिरक महोत्सवको आयोजना गरेको हो । एमालेले हिरक महोत्सवको अवसरमार पार्टीका पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरवले सम्मान गरेको छ ।


उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा, झलनाथ खनालले सम्मान पत्र हस्तान्तरण गरे। मञ्चमा नेकपा अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी उपस्थित थिए।

गणतन्त्र गौरवबाट सम्मानीत भएपछि संक्षिप्त सम्बोधन गरेकी भण्डारीले एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीलाई सम्झिँदा भावुक बनेकी छन् ।

०५० जेठ ३ गते दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा परेर निधन भएका मदन भण्डारीप्रति श्रदासुमन अर्पण गर्दै भण्डारीले मदनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई सबै कम्युनिष्ट पार्टीले आत्मसाथ गर्नुपर्ने बताईन् ।

भण्डारीले आफू स्वर्गीय मदन भण्डारीको सपना पूरा गर्न राजनीतिमा आएको बताईन् । ‘एमाले महासचिव मदन भण्डारीको चितवनको दासढुंगामा कार दुर्घटनामा निधन भएपछि मेरो राजनीतिक यात्रा सुरु भएको हो । मदनका अधुरा सपना पूरा गर्न राजनीतिमा सक्रिय भएकी हुँ,’ उनले भनिन् ।

‘एमालेको प्रेरणा, कार्यकर्ता र जनताको चाहना बमोजिम म मदनका अधुरा सपना सकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिमा सक्रिय भएको थिएँ,’ यसो भन्दा उनको गला अवरुद्ध भएको थियो ।