बाजुरामा भूकम्पको धक्का



काठमाडौं। बाजुरामा आज भूकम्प भएको छ।

आज बिहान बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।


भूकम्प बिहान ३ बजेर ५३ मिनेटमा गएको हो। भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन।