बझाङ उपनिर्वाचन: कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै



बझाङ । बझाङ–१ प्रदेश सभामा भएको उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले मतान्तर घटाएको छ । २४ हजार ४९८ मत गन्दा नेपाली कांग्रेसले ८३ मतको अग्रता कायम राखेको हो । शनिबार भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत अर्थात ३० हजार ३२८ मत खसेको थियो ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार १६७ मत ल्याउँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ८४ मत ल्याएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ५३५ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३४७ मत ल्याएका छन् ।