बझाङमा एमालेको अग्रता कायमै, कांग्रेसलाई उछिन्दै माओवादी दोस्रो स्थानमा



काठमाडौँ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।

प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले १५९३ मत प्राप्त गरेका छन् ।


त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत प्राप्त गरेका छन् । 

त्यस्तै एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५९५ प्राप्त गरेका छन् ।

बझाङको यस क्षेत्रमा अहिलेसम्मको गणनामा ४२१४ मत सदर भएको छ ।