बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि



बझाङ । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ ।

छबिसपाथिभेरा गाउँपालिकाको मतगणना सकेर अहिले थलरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको पाँच वटा वडाको मतगणना सकिएको छ । जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।


एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८५ मतसहित अग्रता बनाइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहको २ हजार ५७० मत रहेको छ । माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ८३८ मत प्राप्त गरेका छन् ।

यता एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९ मत ल्याएका छन् । कांग्रेस भन्दा एमाले ६२४ मतले अगाडि छ ।

ताजा परिणाम
दमनबहादुर भण्डारी (एमाले) : ३१८५
जनक बुढा नेकपा (माओवादी केन्द्र) : १८३८
अभिषेकबहादुर सिंह (नेपाली कांग्रेस) : २५७०
दिलबहादुर सिंह (एकीकृत समाजवादी) : १०१९