प्रतिपक्षले संसदमा उठाएको माग सरकारले सम्बोधन गर्नुपर्छ : एकीकृत सामाजवादी



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले सहकारीमा ठगि भएको विषयमा छानबिन गरेर पिडितलाई न्याय दिन माग गरेका छन् । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डेले प्रमुख प्रतिपक्षी दलले उठाएको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सहकारी पिडितलाई न्याय दिनुपर्ने बताए ।


उनले २०४७ सालदेखि सार्बजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने विषय अहिले उठिरहेको उल्लेख गर्दै एकीकृत समाजवादी यो प्रस्तावको समर्थन गर्ने र यसलाई अगाडी बढाउनुपर्ने बताए ।