पार्टीलाई विचार र व्यवहारमै शुद्धिकरण गर्नुपर्छः महामन्त्री थापा



ललितपुर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई विचार र व्यवहारमै शुद्धिकरण गर्नुपर्ने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले महासमितिबाट केहि बिषयमा पार्टीभित्र शुद्धिकरण सुरु भइसकेको भन्दै आगामी बर्ष पार्टीलाई पूर्णरुपमा विचार र व्यवहारमै शुद्धिकरण गर्नुपर्ने बताएका हुन्। उनले संगठनलाई सुदृढ बनाउदै समयमा नै अधिवेशन गर्नुपर्ने र पुराना नेताहरुलाइ सम्मानका साथ विदाई गर्नुपर्ने धारणा राखे।


उनले अरु जस्तै हुने कोशीस गर्दागर्दै पार्टीले आफ्नो मौलिकता गुमाएको भन्दै यसमा नेतृत्वले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। थापाले कुनै पनि व्यक्ति कांग्रेस भएकै कारण अपराधी बनाइनु गलत भए पनि अपराध गरेर कांग्रेस भएकै कारण जोगिनुपर्छ भन्ने कुरामा कांग्रेसले अडान लिनुपर्ने बताए।

उनले यसअघि दुई पटक बहुमत पाउदा कांग्रेसले पार्टी जोगाउन नसकेको भन्दै ८४ मा बहुमत पाए पार्टी कसरी अघि बढ्ने भन्ने कुरा जनतामा स्पष्ट पार्नसक्नुपर्ने जिकिर गरे।